काभ्रेपलाञ्चोक /अनलाइनखबर । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको […]

सुरज कुँवर काठमाडौँ/ईकान्तिपुर — खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ । विमानस्थल अधिकारीका अनुसार दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् । नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं […]

  बबई (बर्दिया), कात्तिक १३ गते । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । […]

नेपालगन्ज । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेको, छ। साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।   कार्तिक १३ गते आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा […]

  सोलुखुम्बु । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा दुर्घटना भएको छ । लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको हो […]

  काठमाडौँ /रासस। सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा […]

  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन […]

नेपालगन्ज ।  २०८२-०७-१२ गते (बुधबार) बिहानसम्म गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना […]

काठमाडौँ/रातोपाटी । लामो समय संसदीय राजनीतिको विपक्षमा रहेर आफ्नो राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो मार्ग परिवर्तन गर्न लागेका छन् । हाल नेकपाका महासचिव रहेका उनले संसदीय राजनीतिमा भाग लिने योजनाका साथ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दिएका छन् । कम्युनिस्ट पार्टी नेपाल नाममा दल दर्ताका लागि आयोगमा मंगलबार निवेदन […]

काठमाडौं। अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् । पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। ‘ रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर पेश भएको हो।   […]