काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस […]

दाङ । जिल्ला प्रहरी कार्यालय दांगले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त अभियान सन्चालन गरिएको हो । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी […]

चाँदनी हमाल काठमाडौँ । पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ । कतिपय वृद्धवृद्धा, बिरामी र हुँदा खानेहरू (गरिबीमा रहेका) का परिवारमा शीतलहर […]

  काठमाडौँ —तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।   जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका मौसमविद् हरिप्रसाद […]

  काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री […]

  काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ । ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका […]

    ईकान्तिपुर —एक सातायता हुस्सुसँगै शीतलहर चलेपछि पूर्वदेखि पश्चिम तराईसम्मको जनजीवन प्रभावित भएको छ । बढ्दो चिसोको कारण विपन्न वर्गका साथै बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् ।   पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणपूर्व गएपछि रौतहटको चन्द्रपुर–९ चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ । त्यही झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओढेर ६० वर्षीया देवरतिया देवी […]

बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ ।   गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम […]

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद […]

बाँके । बाँकेको नरैनापुर रंगशाला मैदानमा आइतबार बिहान घामले जमिन तताउँदै थियो । माटोको गन्धसँगै विद्यार्थीहरूको चहलपहल बढ्दै जाँदा नरैनापुर गाउँपालिका एकछिनका लागि विद्यालय होइन, सपनाको मैदान बनेको थियो । कसैको आँखामा पदकको चमक थियो, कसैको अनुहारमा पहिलोपटक प्रतिस्पर्धा गर्ने आत्मविश्वास । बाँकेको दुर्गम मानिने नरैनापुरमा सुरु भएको सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड […]