काठमाडौँ-  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले […]

काठमाडौँ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको छ । कित्ताकाट आठ महिनाका लागि खुला भएको हो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । संशोधित नियमावलीमा यो मिति २०८३ असार […]

काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल आनुवंशिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिनुभयो । उहाँले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता […]

काठमाडौँ । एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आज (बिहीबार)देखि नेपालले गर्ने भएको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । यससँगै एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व अब नेपाल गर्ने […]

  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मुल्य फेरि साढे २ लाख नाघेको छ । जसका कारण सुनको प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय […]

  काठमाडौं/रासस । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।  

नेपालगन्ज-  बढैयाताल गाउँपालिका वडा न. ४ की सरिता सुनारलाई सुत्केरी ब्यथा लागेपछि उनका परिवारले अटो चालकलाई खबर गरे । गाउँकै भएकाले छिनभरमै अटो उनको घर पुग्यो । अटो चालकले प्रसुतीका लागि करिव ५ किलो मिटर दुरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा पु¥याई दिए । अटो चालक त्रिलोकी पासीले सरितजस्तै दर्जनौ महिलालाई सुत्केरी ब्यथा लागेका महिलालाई अस्पताल […]

हुम्ला/रासस — सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकारमा परेको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो। अन्य विद्युत् स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न […]

  काठमाडौं । कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका हुन् । कात्तिक २५ गतेको मन्त्रिपरिषद् […]

  काठमाडौँ — निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि २१ दल दर्ता प्रक्रियामा छन् । पाँच वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता २० वटा नयाँ र एकीकरण प्रक्रियाबाट आएको एउटा दल पनि दर्ता प्रक्रियामा छन् । पुराना पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहित विभिन्न दल एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट […]