बाँकेमा विष्फोट, द्वन्द्वकालीन माइन भएको अनुमा   ३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ ढकेरि नजिकै सडक किनारमा माईन विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ । विष्फोटपछि राजमार्गको आधा खण्डमा खाल्डो बनेको छ । आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको […]

३१ भदौ, अनलाइन खबर/ काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त […]

  ३० भदौ, काठमाडौं । स्याङ्जामा ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् […]

  ३० भदौ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेका थिए । कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । […]

बर्दिया, शनिवार, भदौं ३० बर्दियाको गुलारिया नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । फत्तेबाल आँखा अस्पताल फुलटेक्र नेपालगन्जको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमण्डौंको सहयोग तथा गुलारिया नगरपालिकाको समन्वयमा निशुल्क आँख शिविर सम्पन्न गरिएको हो । आँखा शिविरबाट एक हजार ५ सय ८० जनाले आँखा परिक्षण गराएकाछन् । जसमध्ये एक सय ९६ जना मोतिबिन्दुको […]

    ३० भदौ, दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा  त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुको शव जलेको […]

  , काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर राखेर बिहीबार सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि देखिएको छ । नेताहरुको जिम्मेवारी हेरफेरसहित जारी ३४ पृष्ठ लामो अपानिप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैले सार्वजनिक असन्तुष्टि जनाएका छन् । नेताहरुका अनुसार, अध्यक्ष नेपालले आफ्ना विश्वासिला नेताहरुलाई प्राथमिकतामा राखेर एक्लौटी जिम्मेवारी हेरफेर गरेको भन्दै खनाल […]

  काठमाडौँ/ईकान्तिपुर — शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गरेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित […]

  ३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । अनलाईन खबरका अनुसार गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा […]

काठमाडौँ — इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको नेपाल आयल निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी […]