प्रेस विज्ञप्ति:- मिति २०८२।०७।०२ गते। —————————————— स्वास्थ्य सेवा विभागले आ.व. २०८०।०८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा स्वास्थ्य सेवा विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81, Procurement Of Mammography Machine को खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४. लगायतका प्रचलित कानूनको […]
काठमाडौं-यसपालिको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने आकलन छ। पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशााखाले बताएको […]
काठमाडौँ, कात्तिक २ गते । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आजलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो […]
सप्तरी /रासस—सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर […]
काठमाडौँ, कात्तिक १ गते । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि […]
बर्दिया /ईकान्तिपुर—गत मंगलबार दिउँसो बारबर्दिया नगरपालिका–११ का ४६ वर्षीय भादु थारु चितुवाको आक्रमणबाट घाइते भए । आफ्नै खेतमा धान काटिरहेका बेला चितुवाको आक्रमणमा पर्दा उनको टाउकोमा चोट लागेको हो । गएकाे शनिबार खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरण लोध घाइते भएकी थिइन् । गत शुक्रबार दिउँसो खतेमै […]
बर्दिया /ईकान्तिपुर— बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोलामा १० वटा गोही छाडेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले समेतको संयुक्त टोलीले खोलामा गोही छाडेका हुन्। बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रबाट निकुञ्जको कटटस स्थित खौराहा खोलामा छाडेको हो । बर्दिया […]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ […]
काठमाडौँ /रासस— आज देशभरको मौसम सफा रहने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको […]
काठमाडौँ/ईकान्तिपुर— जेन–जी आन्दोलनका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आर्थिक अपराध अनुसन्धान गर्ने ‘पिलर’ मा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलेको छ। लाजिम्पाटस्थित सीआईबीको भुइँतलामा रहेको आर्थिक अपराधसम्बन्धी पिलरमा तोडफोड गर्दै प्रदर्शनकारीले कर्णाली विकास बैंकको ९ सय पृष्ठको मिसिल सडकमा ल्याएर आगो लगाएको पाइएको हो । ब्युरोका प्रहरी उपरीक्षक […]












