नेपालगन्ज, भदौ २३ गते । यहाँस्थित नेपाल–भारत जमुनाहा नाका मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । जोखिममा रहेको नेपालगन्जस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट गत एक वर्षको अवधिमा मात्रै बेचविखनको जोखिममा रहेका १५ सय ३८ जनाको उद्धार गरिएको छ । नाकामा बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपाल नेपालगन्जका अनुसार जमुनाहा नाकाबाट उद्धार […]
रौतहट २३ भदौ। रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ । स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका […]
काठमाडौं/रासस। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण […]
२०८२ भाद्र २३ गते (सोमबार) बिहान ०८:०० बजे आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राती कोशी प्रदेश, […]
जुम्ला — जिल्ला समन्वय समिति जुम्लाको पर्खाल बनाउने कामदारले शनिबार बेलुकी बम फेला पारेका छन् । सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको छ । ‘मोटो जीआई पाइपबाट बनेको बम खिया लागेको अवस्थामा छ । बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ । बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेका […]
काठमाडौँ/रासस— मौसमविद्हरूले कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका […]
२२ भदौ, काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने […]
बर्दिया /ईकान्तिपुर — सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला छिन् । उक्त अवधिमा ब्राउन सुगर २७ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी चरेश २ ग्राम ६९० मिलीग्राम रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी […]
काठमाडौँ । विवाह केवल दुई व्यक्तिबिचको सम्बन्ध मात्र नभई दुई परिवारबिचको सम्बन्ध हो। त्यसैले, हरेक बुवा आफ्नी छोरीलाई सुम्पने ज्वाइँमा केही विशेष गुणहरू हेर्ने गर्छन्। ज्वाइँसँग राम्रो जागिर वा ठुलो कार हुनु मात्र पर्याप्त हुँदैन, बरु उनी कत्तिको जिम्मेवार, इमानदार, परिवारलाई सम्मान गर्ने र छोरीलाई खुसी राख्न सक्ने छन् भन्ने कुराले पनि ठुलो महत्त्व […]
२०८२ भदौ २१ गते (शनिबार) दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका […]











