काठमाडौँ । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ । चौधरीलाई नाउपाको टिकापुरमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । उक्त पार्टीले चौधरीलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएको थियो । दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए । […]

  सुर्खेत — दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण ड्रिलिङ मेसिनहरूको भन्सार छुटको पत्र नभएपछि नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । १० ट्रक ड्रिलिङ मेसिन र अन्य समानहरू चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा आईपुगेको हो । खानी तथा भूगर्भ विभाग कार्यालय र अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा […]

नेपालगन्ज । डाँकाको समुहले बुधवार राति बांकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीका सन्तोष थारुको हत्या गरेका छ्न । बुधवार राति करिब १ बजे पाँच सात जनाको समुहमा आएका डांकाले लुटपाट गर्दा सन्तोष प्रतिकार गर्दा घाईते भएका थिए । कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको […]

  दांग । नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक साबित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री बर्खास्त गरे। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसी (नमूना)लाई बुधबार बर्खास्त गरेको केही समयपछि नै माओवादीले पनि […]

  नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही वर्षदेखि लक्ष्य पुगाउन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म १६ अर्ब २७ करोड ३० लाख […]

  बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । माओबादीका मन्त्री बर्खास्तपछि लुम्बिनीमा सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन […]

  नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचालयसहित दुई ठुला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ बेड र १६ अक्सिजन सिलिण्डरसहितको बहुउद्देश्यीय भवन सञ्चालनमा आएको हो । खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य […]

बुटवल । राष्ट्रिय खेलकुद परिषद्ले २०७५ सालमा निर्माण गरेको नेपालगन्ज रङ्गशाला यतिबेला उपेक्षाको सिकार बनेको छ । यो रङ्गशाला अहिले उपयोगविहीन जस्तै बनेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाहेक यो रङ्गशालामा कुनै खेल गतिविधि सञ्चालन गरेको छैन । संरचना निर्माण भएर पनि उपयोगविहीन भइरहेको सरोकारवाला बताउँछन् । राष्ट्रिय खेलकुद परिषदले रङ्गशालाको जिम्मेवारी […]

धादिङ । लुम्बिनीको पडेरीयाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ । बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले […]

राँझा (बाँके), फागुन २२ गते । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । “विगतका […]