नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय […]
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो । प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी […]
खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) […]
बर्दिया/ ईकान्तिपुर—३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम बजेट अभावमा लक्ष्यभित्र सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको छ । आर्थिक वर्ष ०८२र८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावमा स्वीकृत गुरुयोजनाअनुसार समयभित्र पूरा नहुने आयोजना कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि ६३ करोड १ […]
नेपालगन्ज — बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् । आफ्ना लागि केही नबोल्दिएपछि आफूले आमाविरुद्ध जिल्ला […]
बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बस्ने रिमालले विभिन्न ठाउँमा सहकारी स्थापना गर्ने र रकम अपचलन गर्ने काम […]
नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा […]
बुटवल । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको केहि बेरमा नागरिक उन्मुक्ति पार्टीका जन्मदाता नेता रेशम चौधरीले सांसदिय सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । शनिबार बुटवटका पत्रकारहरुसँग कुराकानि गर्दै पार्टीभित्र अध्यक्ष श्रेष्ठ र […]
काठमाडौं । शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो । चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी […]
काठमाडौँ, फागुन २६ गते । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त […]












