बाँके, १९ मंसिर / राप्ती सोनारी गाउँपालिका-५ चाचरफर्कस्थित कन्याराज सामुदायिक वनमा सोमबार साँझ १ थान भरूवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ । सो वनमा भरूवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१९ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी पुर्जी गरेको बिरोधमा नेकपा महासचिव नेत्रविक्रम चन्दले तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरिएको छ । विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । […]
काठमाडौं, मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्दै आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताएका छन्। मंगलबार बिहान उनले आयोजनाको अवलोकन गर्दै काममा केही ढिलाइ भएको तर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।mअध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइ हुने भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द […]
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु भएँ, मेरो खुसीको आँसु झर्यो, […]
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेको प्रेस सल्लाहकार गोपाल भट्टराईले बताएका छन् । उनले दुईतीन दिनभित्रै मन्त्री थपिने जनाए । दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर […]
नेपालगन्ज । लुम्बिनी प्रदेशको बर्दियालागयरका स्थानमा समान्य वर्षा भैरहेको छ । हिउँदे बर्षाले किसान खुशि छ्न । त्यस्तै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बागमती, ,गण्डकी, […]
१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान अधिकारिले गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय […]
रासस/तुलसीपुर । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको […]
बुटवल । नेपाली कांग्रेसको आज र भोलि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलन सुरु भएको छ । सम्मेलनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने बताईएको छ । सम्मेलनमा […]












