नेपालगन्ज। १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न पनि सफल भएको हो । यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहबाट छनोट भएर आएका एक […]
राँझा (बाँके) । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै […]
बिबिसी । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ। रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा […]
खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई […]
रासस/ राँझा । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाउने योजना […]
नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द […]
बर्दिया —मदिरा सेवन गराई बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ । अछाम घर भई आफ्नै दिदीको घर बस्न आएकी किशोरीलाई ती युवाले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष उनले दिएकी छन् । आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद […]
हिले (धनकुटा) । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ । सामान्य कच्ची घरमा उहाँ अहिले बस्दै आउनुभएको […]
खजुरा (बाँके), माघ २६ गते । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी […]
बाँके, नेपालगंज उपमहानगरपालिका-५ साइमार्गस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत विरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।












