मृत्यु भएकाहरुको विवरण: सि.नं. नामथर लिङ्ग बर्ष स्थान 1. सुरेश लिम्बु                                     पुरुष २८                                               फाकफोकथुम गापा ३ […]

काठमाडौँ /ईकान्तिपुर—मनसुनजन्य विपद्‌मा परेर इलाम, पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा कम्तीमा ४७ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका कारण पाँच हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । कोशी, मधेश र बागमती प्रदेशका दर्जनौं सडकमा क्षति पुग्दा दसैं मनाउन हिँडेका यात्रुको आवतजावत प्रभावित भएको छ । पहिरोमा परेर सबैभन्दा बढी मृत्यु इलाममा भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता विनोद […]

२०८२ आश्विन २० गते (सोमबार) हाल देशमा मनसुनी वायूको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित […]

काठमाडौँ —शुक्रबारदेखि मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकलाई उधृत गर्दै  ईकान्तिपुरले जनाएको छ । देशभरि बेपत्ता हुनेको संख्या ११ छ भने १३ जना घाइते छन् । इलाममा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ भने ५ […]

पाँचथर/ईकान्तिपुर —निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको […]

२०८२ असोज १९ गते (आइतवार) दिउँसोः देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका […]

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गमा रहेका तीन पुल बगाएको छ । माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले राजमार्गमा राति सवारी आवागमनमा रोक लगाएको थियो । तर तीन पुल भत्किएपछि […]

काठमाडौँ /रासस—राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]

  काठमाडौँ/रासस —हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना […]

बर्दिया/ईकान्तिपुर—सुरक्षा व्यवस्था कडा गरी बर्दियाको गुलरियास्थित बबई नदीको भादाघाटमा दुर्गा प्रतिमाको विसर्जन भइरहेको छ । बिहीबार दिउँसोबाट सुरु गरिएको प्रतिमा विसर्जन राती अबेरसम्म चलेको छ । प्रतिमा विसर्जन गर्दा गाउँगाउँबाट ठूलो संख्यामा श्रद्धालु ट्याक्टर, जिप र पैदल आएका छन् । ट्याक्टरमा दुर्गाको प्रतिमा राखेर श्रद्धालु घाटमा पुगेका थिए । डिजे साउन्डको धार्मिक गीतको धुनमा नाचगान […]