काठमाडौँ। प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ । गत आइतबार श्रीलङ्काको कोलम्बोस्थित पी साराभानमुटु क्रिकेट रङ्गशालामा भएको फाइनलमा सहआयोजक भारतसँग फाइनलमा पराजित भएपछि नेपालले उपविजेतामा चित्त […]

नेपालगन्ज । बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम […]

काठमाडौँ । बाँकेको चिसापानीबाट  लागुऔषध बोकेको अवस्थामा दुई जना सहित देशभरीबाट १३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाँकेबाट विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ परेका हुन । त्यस्तै, कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर(तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागु औषधसहित उनीहरू […]

बिबिसि नेपाली । फागुन २१ गतेका निम्ति तोकिएको आमनिर्वाचन आउन तीन महिना बाँकी छँदै सेना परिचालनको सिफारिस गरिएको विषयमा कतिपयले चासो प्रकट गरिरहेका बेला सुरक्षा तथा निर्वाचन प्रक्रियाका जानकारहरूले असामान्य परिस्थितिमा यस्तो सिफारिस उचित हुने बताएका छन्। यद्यपि सामान्यत: चुनाव हुने मितिको एक महिना अघिबाट मात्रै सेना परिचालन गर्ने चलन रहेको उनीहरू बताउँछन्। “विसं २०४८ […]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत मङ्गलबार करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ […]

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ […]

  बर्दिया /ईकान्तिपुर—भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको छ । उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ । साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना […]

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णाली र सुदूरपश्चिमबीचको खेल बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन भने कर्णाली र जनकपुरले […]

दाङ। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । ती पत्रहरूमा सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनःगठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई […]

  नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।   कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय […]