काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो । आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल […]
हुम्ला, ५ जेठ । हुम्लामा हिमताल फुटेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले बस्ति नै जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको […]
काठमाडौं – काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ। रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ। विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो। जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ […]
दाङ —लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायत नवप्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा […]
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा […]
नेपालगन्ज —गत वर्ष २०८०।८१ को महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बर्दियाको ८ स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु प्रतिशत मधुवन नगरपालिकामा देखिएको । उक्त पालिकाको २.६० प्रतिशत बेरुजु देखिएको हो । दोस्रोमा गेरुवा गाउँपालिकाको १.८७ प्रतिशत रकम बेरुजु छ । तेस्रोमा ठाकुरबाबा नगरपालिकाको १.३७ प्रतिशत रकम बेरुजु देखिएको छ । त्यस्तै, गुलरिया नगरपालिकाको १.१८ प्रतिशत, […]
नेपालगन्ज — बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकाको बेरुजु देखिएको छ । उक्त पालिकाको ३.३४ प्रतिशत बेरुजु देखिएको हो । दोस्रोमा नरैनापुर गाउँपालिकाको ३.०२ बेरुजु छ । तेस्रोमा जानकी गाउँपालिकाको २.८६ प्रतिशत बेरुजु रकम छ । गत वर्ष २०८०।८१ को महालेखापरीक्षकको प्रतिवेदनले डुडुवा गाउँपालिकाको २.७२ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिका २.२९ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको २.०५, […]
काठमाडौं – अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ, जुन बेला वायुमण्डल अस्थिर हुन्छ र मेघगर्जनसहित वर्षा […]
बर्दिया/ ईकान्तिपुर—दुई सातायता बर्दियामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि गुलरिया नगरपालिकाले बिहानबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । पालिकाको शिक्षा शाखाले आइतबारदेखि बिहान ६ देखि दिउँसो ११ बजेसम्म विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको हो । नियमित पिरियडअनुसार कक्षा सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । अत्यधिक […]
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । “भम्का गाउँका करिब ३०० जनता लठ्ठा चुँडिएको झोलुङ्गे […]












