काठमाडौं, १ असार । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झै–झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा […]

  गुल्मी, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा […]

गुलरिया— गुलरिया नगरपालिका–५ बालापुरस्थित थारु सामुदायिक वनबाट आइतबार बिहान अर्को चितुवालाई नियन्त्रणमा आएको छ । बालापुर क्षेत्रमा आतंक मचाउँदै आएको अर्को चितुवा डिभिजन वन कार्यालय बर्दियाले केज थापेर नियन्त्रणमा लिएको हो । यसअघि गत जेठ २१ गते पोथी चितुवा नियन्त्रणमा आएको थियो । डिभिजन वन कार्यालयले राखेको क्यामरामा दुई वटा चितुवा देखिएको थियो । जेठ […]

गुलरिया (बर्दिया), असार १ गते । बर्दियाको गेरुवा गाउँपालिका–६, निवासी शान्ति सोनाहा केही वर्षअगाडिसम्म गेरुवा नदीमा सुन चालेर र माछा मारेर घर चलाइरहनुभएको थियो । गेरुवा नदी सुक्दै गएपछि उहाँ एक वर्षदेखि घरमा ताला नै लगाएर परिवार नै लिएर भारततर्फ कमाउन जानुभएको छ । घरमा बसेर जीविकोपार्जन नहुने भएपछि उहाँ जस्तै धेरै सोनाहा घरपरिवार घरमा ताला लगाएर […]

  काठमाडौं, १ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक […]

  काठमाडौं, ३१ जेठ । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ।   यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ ।   मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा […]

  काठमाडौं, ३१ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]

जेठ /रातोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरू फरार छन् र अदालतमा बयानका लागि उपस्थित भएका छैनन्। अदालतले उनीहरूलाई उपस्थित गराउन नसकेपछि कानुन व्यवसायी र स्वकीय सचिवलाई जरिवाना तिराएको थियो। काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी […]

  काठमाडौं, ३० जेठ । उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा‍‍. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।   समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि […]

राँझा (बाँके), जेठ ३० गते । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ । झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिनुभयो । प्रदेश सरकारको […]