खजुरा (बाँके), जेठ १९ गते । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ । सहरी विपद तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीन दिने छलफलले विपद व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार […]

रासस/ नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र तातो हावाले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज […]

  नेपालगन्ज, जेठ १९ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रअन्तर्गत विद्युत नियमित हुन नसक्ने कारणहरुलाई लिखित रूपमा माग गर्ने निर्णय गरिएको छ । बाँकेको नेपालगन्जमा देखिएको विद्युत समस्या समाधानका लागि पहल गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा निर्माण गरिएको बिद्युत समस्या समाधान संयन्त्रको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर […]

  नेपालगञ्ज/ रासस । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर […]

खजुरा, जेठ १८ गते । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम […]

  मध्यविन्दु (नवलपरासी) । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्रपाका समानुपातिक सांसद बर्दियाका  सांसद गीता बस्नेतसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ […]

  काठमाडौं, जेठ १७/  नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो। नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो। महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ। महाशाखाले बिहीबार बिहान […]

  नेपालगन्ज, जेठ १७ गते । बाँके राष्ट्रिय निकुञ्जका जनावर र भारतको सुहेलवा आरक्षका विभिन्न प्रजातिका जनावरको सहज र सरल ओहोरदोहोरका लागि निर्माण गरिएको कम्दी जैविक मार्गको विकास र संरक्षण गर्न सामुदायिक वन पुन:स्थापना कार्यक्रम सुरु गरिएको छ । तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी ६ को राप्तीपीडित तथा गुलरी सामुदायिक […]

१७ जेठ, काठमाडौं । साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा […]

बीबीसी । मौसमविद् प्राध्यापक दीपक अर्याल बिथोलिएको वर्षा प्रणाली र बढिरहेको तापक्रमले नेपालमा चरम खडेरीको चेतावनी दिइरहेको बताउँछन्। “नेपालको ठूलो अर्थतन्त्र मनसुन र प्री-मनसुनको वर्षामा निर्भर छ। कति ठाउँमा यस पटक समेत पानी नपरेरै कतिपय बाली लगाउन पाइएन,” उनी भन्छन्। तर प्री-मनसुन र मनसुनबीच भने सम्बन्ध नहुने भएकाले मनसुन समेत सुक्खा हुन सक्छ भन्ने निश्चित […]