काठमाडौँ, असार २४ गते । अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढीपहिरो र डुबानले जनजीवन अत्यधिक प्रभावित बनेको छ । लगातारको वर्षाले मध्यपहाडी भेगमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ । त्यस्तै वर्षापछिको बाढीले पनि मानिसको ज्यान लिएको छ । बाढीपहिरोमा परी आइतबार थप छ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै शनिबार र आइतबार गरेर १५ जनाको […]

तुलसीपुर, असार २४ गते । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न […]

बर्दिया /ईकान्तिपुर — आइतबार दिउँसो बबई नदी खतराको सतहभन्दा माथिबाट बगिरहेको छ । बबई नदीको चेपाङस्थित जलमापन केन्द्रमा दिउँसो ६ मिटरमाथिबाट पानी बगिरहेको मापन भएको थियो । बबई नदीमा जलस्तर बढ्दै गएपछि पशुहाट र प्रयागपुरमा नदी कटान सुरु गरेको छ । यस क्षेत्रमा आपतकालीन काम गर्न बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयलाई स्थानीय प्रशासनले निर्देशन […]

२०८१ असार २३ गते (आइतबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, […]

काठमाडौँ, असार २२ गते। भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी […]

  देउखुरी, असार २३ गते । राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । आइतबार बिहान बेपत्ता भएको स्थानदेखि करिब पाँच सय मिटर […]

  नेपालगन्ज, असार २२ गते । दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर […]

२०८१ असार २१ गते (शुक्रबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा […]

स्याङ्जा, असार २१ गते । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरि फरार रहेका भीम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १५ महिना देखी फरार रहनु भएको थियो । स्याङ्जा जिल्ला अदालतले गत २०७९ साल चैत २० गते बालिकालाई यौन दुरुपयोग गरेको पुष्टि गर्दै पौडेललाई ६ […]

  नेपालगन्ज, असार २० गते । सरकारले एनजी ल्याएका सबै विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेबाट छ हजार ३०३ विद्यार्थी सहभागी हुन पाउने भएका छन् । सरकारले सो निर्णय नगरेको भए आगामी साउन २३ गतेदेखि सुरु हुने सो परीक्षामा एक विषयमा एनजी ल्याएका एक हजार २३८ र दुई […]