काठमाडौँ/रासस—प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन चेतावनी दिएको छ । त्यस क्षेत्रमा मनसुन सक्रिय भएकाले भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ । विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख […]
बर्दिया, १४ असार २०८२ बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८१ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित सत् प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित ३५ जना बिद्यार्थीहरु मध्ये सत् प्रतिशत बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण बिद्यार्थी मध्ये सुजन […]
काठमाडौँ, असार १४ गते । नतिजा सार्बजनिक लगटै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार […]
काठमाडौँ, असार १४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]
सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने […]
बर्दिया- गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका […]
बाँके, १३ असार- डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा संचालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज, असार १३ गते । बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो […]












