चितवन- माघल।चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए । न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले […]
नेपालगन्ज, माघ २३ गते । बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो […]
काठमाडौं – मंगलबार साँझ साढे ६ बजेको थियो। झापा प्रहरीले भारतबाट लागुऔषध कारोबारी नेपाल छिरेको सूचना पायो। दुई जना लागुऔषध कारोबारी झापाको कनकाई नगरपालिका-४ भित्री सडकखण्ड कुमरखोदबाट सुरुङ्गातर्फ आउँदै गरेको सूचना थियो। उक्त सूचना पछ्याउन लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली विशेष चेकजाँचका लागि उक्त सडकखण्डमा परिचालन भयो। उक्त टोली ढुकेर बसिरहँदा बिआर३७एए […]
काठमाडौँ — बर्दियाका एक युवासहित देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई एकैदिन पक्राउ गरेको छ । फरकफरक घट्नामा उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दियो । कार्यालयका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका ११ का अर्जुन गुरूङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ३ का सुरेन्द्र राई, गोरखा शहिद लखन गाउँपालिका […]
बिशाल बस्नेत महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन । स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो […]
जानकी /रासस। ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए । उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा […]
तुलसीपुर/ रासस —लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिइन् । उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन […]
काठमाडौँ/रासस—प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको […]
काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशको […]
बाँके- नेपालगंज उपमहानगरपालिका-११ स्थित सडकमा भे.१० प४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका-१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमाउपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र […]











