काठमाडौँ। कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो […]
बुटवल/ईकान्तिपुर — थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि पुनः उडान सुरु गरेको छ । पछिल्लो समय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाई एयर एसिया मात्र हो । थाइल्यान्डको बैंककबाट १७ जना यात्रु लिएर भैरहवा आएको विमान भैरहवाबाट १ सय ६२ यात्रु लिएर बैंकक फर्किने तयारीमा छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको सपथ आज रोकिने भएको छ । श्रेष्ठ भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय र सुनार फौजदारी अपराधमा संलग्न रहेको सुचना बाहिरिएपछि उनिहरुको प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो। यससँगै आज […]
राँझा (बाँके), कात्तिक ९ गते । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक शनिबार बाघको […]
काठमाडौँ । सरकारले तेस्रो पल्ट मन्त्री परिषद गर्दै छ । आइतबार दिउँसो साढे २ बजे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिने चार मन्त्रीको शपथ लिने छन् । मन्त्री हुनेमा खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागिएको छ। डा. गौतम स्वास्थ्य, सुनार श्रम, श्रेष्ठ पर्यटन, र गुप्ता युवा तथा […]
गनी अन्सारी/ बीबीसी न्यूज २९ मिनेट पहिले जेन जी आन्दोलनबीच फरार भएका सबै कैदीबन्दीलाई फर्काउने प्रयास जारी राखेको भन्दै कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीले उनीहरूका तस्बिर प्रकाशित गर्ने विकल्पमा पनि जाने बीबीसीलाई बताएका छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आउँदा दिनमा सबै ठाउँमा सम्भव नभए पनि निश्चित स्थानमा कैदीबन्दीका तस्बिर प्रकाशित गरिने बताएका हुन्। त्यसरी […]
जनकपुरधाम । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा […]
नेपालगन्ज । बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि […]
महेन्द्रनगर (धनुषा), कात्तिक ८ गते । मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै […]
८ कात्तिक, काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । […]












