काठमाडौं, १२ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती […]
बर्दिया । गुलरिया नगरपालिका ९ टेपरी बस्ने भबिसरा खड्काको छोरा १० वर्षीय नबराज गिरी सोही ठाउँस्थित पुरानो सर्जु नदीको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । घटना बारे अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ । बालकको मृत्यु कसरी भयो भन्ने बारे खुल्न नसकेको स्थानीय बताउँछन् ।
रौतहट, ११ भदौ। रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन्। आत्मदाहको […]
बबई (बर्दिया), भदौ ११ गते । सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीले सास्ती भोग्दै आएका छन् । ८३ किलोमिटर खुला सीमा रहेको यस जिल्लामा कतिपय स्थानमा सशस्त्र प्रहरीले खुला आकाशमुनि नै ड्युटी गर्नु परेको छ भने […]
वासिङटन डिसी, ११ भदौं । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । […]
काठमाडौं, ११ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती […]
पाल्पा/ईकान्तिपुर—पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा स्क्रबटाइफसबाट एक बालिकाको मृत्यु भएको छ। सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। लगातार ज्वरो आउने, रुघाखोकी लागेपछि उनले स्थानीय औषधि पसलबाट उपचार गराएकी थिइन्। तर अवस्था सुधार नभएपछि गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। […]
दुर्गा प्रसाद भण्डारी काठमाडौँ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला […]
काठमाडौं, ९ भदौं । हालैका वर्षहरूमा, सामाजिक सञ्जाल र समाचार प्लेटफर्महरूमा केही नयाँ प्रवृत्तिहरू द्रुत रूपमा देखा परिरहेका छन्। यी मध्ये एक ‘होबोसेक्सुअलिटी’ हो। यो शब्द अलि अनौठो लाग्न सक्छ, तर यो एक वास्तविक सामाजिक र आर्थिक व्यवहार को नाम हो। आउनुहोस्, यो के हो र यसको अर्थ के हो भन्ने बुझौं । […]
काठमाडौं, ९ भदौं । यस वर्षको तीज अर्थात् हरितालिका आजवाट सुरू भएको छ । आज दर खाएर हर्षोल्लासका साथ ऋषी पञ्चमीसम्म मनाइँदैछ । यो पर्व अखंड सौभाग्यको प्रतीक हो। यसमा महिलाहरूले राती जागेर पूर्ण विधिपूर्वक पूजा गर्छन् । यस पर्वलाई प्रकृतिसँग पनि जोडेर हेरिन्छ । साउनपछि रुखमा हरिया पातहरू देखा पर्छन्, यस्तो अवस्थामा हरितालिका […]











