बाँके/रासस। बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाति अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ । फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, […]

नेपालगन्ज । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा  तथा तातो लहर को सम्भावना रहेको […]

खजुरा, जेठ २९ गते । डिभिजन वन कार्यालय बाँके अन्तर्गतको सशस्त्र सुरक्षा वन शाखाको कार्यालय परिसरमा राखिएको चित्तलको बच्चा सशस्त्र वन रक्षकहरुसँग रमाउने गरेको छ । केही दिनअघि मात्र जिल्लाको एक सामुदायिक वन उपभोक्ता समुहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्याइएको सो चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकहरुसँग रमाउन थालेको हो । चित्तलको […]

  काँक्रेविहार (सुर्खेत) रासस । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका […]

  धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । घटनाको बिस्तृत जानकारी खुल्न बाँकी छ ।

  नेपालगन्ज, जेठ २८ गते । वडा प्रहरी कार्यालय नेपालगन्जमा गत नौ महिनाको अवधीमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले गत नौ महिनाको अवधीमा कार्यालयमा ५५० वटा विभिन्न उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरेर पठाइएको बताउनुभयो […]

  रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका एक जनासहित ३ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका […]

बीबीसी । कर्णाली नदी माथिको एउटा झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूलाई नदीमा खसालेर अधिकांशलाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।  अछामको कालेकाँडा र दैलेखको खिर्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूको करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो। दुई वटा खच्चडको भने मृत्यु भएको छ। चेतावनी: यो समाचारका कतिपय तस्बिर र विवरणले तपाईँलाई विचलित पार्न […]

  बर्दिया — बर्दिया प्रहरीले गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नपा–२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका–६ का ध्रुव देवकोटा, गेरुवा गापा–३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका […]

  विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।   सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको […]