तुलसीपुर/रासस । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए । महोत्सवमा दाङमा पाइने विभिन्न […]
काठमाडौं/ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्यो। बैठकमा प्रतिपक्षी दलहरू माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए। प्रतिपक्षी दल नेता प्रचण्डले बोलाएको बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नागरिक […]
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । […]
बाँके— मनसुन सकिएपछि यहाँका किसानलाई धान भित्राउन र हिउँदे बाली छर्ने चाटारो छ । मौसम सुधार भएलगत्तै किसानहरु खेतमै व्यस्त हुन थालेका छन् । पुरुषहरु हिउँदे बाली छर्नाका लागि खेत जोत्नमा व्यस्त छन् भने महिलाहरुलाई धान काट्न भ्याईनभ्याई छ । किसानहरु घरमा भन्दा पनि खेतमै भेटिने गरेका छन् । । सिंचाई सुविधा नभएको स्थानका […]
काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘नाइन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या […]
नेपालगन्ज- हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
नेपालगन्ज । १३ बर्सिया किशोरीलाई प्रलोभनमा पारि कोहलपुर नगरपालिका वडा नम्बर ११ सुर्खेत रोडस्थित एक होटलमा लागेर सामुहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार उनिहरुले असोज २७ र २८ गते दुई दिनसम्म होटलमा राखेर किशोरिलाई बलात्कार गरेका थिए । पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका […]
बिबिसि- पूर्व पश्चिम राजमार्गको लेन विस्तार र स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गरिने सडक विभागका अधिकारीहरूले बताइरहँदा नेपाल सरकारका एक जना सचिवले उक्त लक्ष्य ज्यादै महत्त्वाकाङ्क्षी रहेको भन्दै उक्त राजमार्गको अवस्था फेरिन कम्तीमा पाँच वर्ष लाग्नसक्ने बताएका छन्। राजमार्ग स्तरोन्नतिको काम सुस्त गतिमा भएका भन्दै सरकारको आलोचना भइरहँदा आफूहरूले कामलाई तीव्र बनाउन निर्देशन दिएको र तीन […]
डडेलधुरा/ रासस—डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए […]
बाँके/रासस । जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन् । केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताए । भौतिक पूर्वाधारविहीन कार्यालयबाट न्यून सुविधामा काम गर्नुपरेको उनको गुनासो छ । नरैनापुर, राप्ती सोनारी, जानकी र डुडुवा गाउँपालिकामा […]












