बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दिया गृहमन्त्रालय सँग गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९१.६८५७ अंक पाएर ४६ औं नम्बरमा परेको छ । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको थियो। जसअनुसार आर्थिक वर्ष २०८०।८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ४६ भएको हो। त्यस्तै, जिल्ला प्रशासन कार्यालय बाँकेले ९४.५६२५ अंक पाएर २१ औं […]
गुलरिया (बर्दिया), साउन २४ गते । थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षरोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन […]
बुटवल । लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् । तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हालेका छन् । मुख्यमन्त्री आचार्यको जिम्मेवारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ । नेपाली कांग्रेस […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, […]
काठमाडौँ । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो । […]
काठमाडौँ । बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी […]
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो । हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार […]
गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक […]
बर्दिया — जिल्ला अदालत बर्दियाबाट बहुविवाह मुद्दामा सजाय पाएका फरार गुलरिया नगरपालिका–२ का जितु विकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले ०८० साल मंसिर २९ गतेको फैसला गर्दै बहुविवाह गरेको अभियोगमा ३ वर्ष ४ महिना १४ दिन कैद र ३५ हजार जरिवानाको फैसला गरेको थियो । फरार रहेका विकलाई उनकै घरमा लुकीछिपी […]












