गुलरिया(बर्दिया। बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ । गुलरिया नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा राजापुर नगरपालिकाको अक्सिडेन्टल एकेडेमिका बालबालिकाले नाचेको लठवा नाच मुख्य आकर्षण बनेको हो । पछिल्लो समयमा आधुनिक, पप र हिपहप गानामा आकर्षित हुने बालबालिकाहरू थारू जातीको मौलिक बाजा सहित सांस्कृतिक पहिरनमा […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको […]
चितवन। नेपालका राष्ट्रिय निकुञ्जमा बाघको संख्या गणना पुस १ गतेदेखि सुरु हुने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको बाघ गणना तीन महिना लगाएर गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट […]
नेपालगन्ज-घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको छ […]
सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको छ । उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । पोखरेलको उपचारकै क्रममा बुधबार […]
काठमाडौँ। प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ । गत आइतबार श्रीलङ्काको कोलम्बोस्थित पी साराभानमुटु क्रिकेट रङ्गशालामा भएको फाइनलमा सहआयोजक भारतसँग फाइनलमा पराजित भएपछि नेपालले उपविजेतामा चित्त […]
नेपालगन्ज । बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम […]
काठमाडौँ । बाँकेको चिसापानीबाट लागुऔषध बोकेको अवस्थामा दुई जना सहित देशभरीबाट १३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाँकेबाट विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ परेका हुन । त्यस्तै, कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर(तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागु औषधसहित उनीहरू […]
बिबिसि नेपाली । फागुन २१ गतेका निम्ति तोकिएको आमनिर्वाचन आउन तीन महिना बाँकी छँदै सेना परिचालनको सिफारिस गरिएको विषयमा कतिपयले चासो प्रकट गरिरहेका बेला सुरक्षा तथा निर्वाचन प्रक्रियाका जानकारहरूले असामान्य परिस्थितिमा यस्तो सिफारिस उचित हुने बताएका छन्। यद्यपि सामान्यत: चुनाव हुने मितिको एक महिना अघिबाट मात्रै सेना परिचालन गर्ने चलन रहेको उनीहरू बताउँछन्। “विसं २०४८ […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत मङ्गलबार करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ […]












