बाँके, भदौं ६ गते । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना भएको दावीसहित संलग्नलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको हो […]

देउखुरी (दाङ) — घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।   रा ८ प ३३२३ नम्बरको मोटरसाइकलमा आएका दुई […]

    ५ भदौ/रासस = जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट […]

बीबीसी । अनुसूचित जाति र जनजातिको आरक्षणमा सर्वोच्च अदालतले क्रिमी लेयरको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले अगस्ट २१ मा भारत बन्दको आह्वान गरेका छन्। यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन्। झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बसहरू बस स्ट्यान्डबाट […]

  बाँके । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्ज र आसपासका पालिकाका बस्तीमा  परीक्षण गर्दा हैजाको जिवाणु भेटिएको भन्दै सर्तकता अपनाउन सुझाएको छ । बर्षा समयमा हैजा फैलिन सक्ने सम्भावना रहेको भन्दै सचेत हुन स्थानीयलाई आग्रह गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा नमुना परीक्षण गर्दा झाडापखाला तथा हैजाजन्य रोग फैलिन सक्ने […]

  काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ । […]

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा […]

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम तथा एक-दुई स्थानमा भारी वर्षा समेत भैरहेको छ । साथै लुम्बिनी, […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, […]