बाँके । नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले कल्भर्ट निर्माणका लागि नक्सा र डिजाइन बनाई स्वीकृतिका लागि सडक विभागमा पेश गरेको ६ महिना पुगे पनि अहिलेसम्म ठेक्का आह्वान हुन सकेको छैन । […]

राँझा (बाँके), साउन २९ गते । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर अहिले ६० वर्ष कटिसकेको छ । उहाँ जान्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन । “मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् […]

  बर्दिया — जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय पाएका बर्दिया राजापुर नगरपालिका–६ दौलतपुरका ५८ वर्षीय भरत पौडेल उपाध्यायलार्य बर्दिया प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी सात वर्ष देखि फरार थिए । जिल्ला अदालत बर्दियाले ०७३ पुस ४ गते उनलाई ५ वर्ष जेल सजायको सजाय सुनाएको थियो । आफ्नै घरमा […]

बीबीसी – कृषि मन्त्री छँदा माओवादी नेता चक्रपाणि खनाललाई कृषि अनुदानको निम्ति धेरैले भनसुन गरे। उनले अनुदानबारे सुनिरहेको गुनासोलाई बल दिने उदाहरण थिए ती। “सयौँ भनसुन आए। मैले भनसुन वा मेरो पहुँचको आधारमा हुँदैन भन्ने जबाफ दिन्थेँ,” विगत सम्झिँदै खनालले बीबीसीलाई सुनाए। लामो समयदेखि अनुदानमा अनियमितता रहेको चर्चाबीच कृषि मन्त्री बनेकाले उनले त्यसलाई व्यवस्थित गर्न […]

काठमाडौं, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा […]

बाँके/रासस । डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो । यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका संयोजक डा सुरेश कनौडियाले बताए । […]

नेपालगन्ज, २८ साउन २०८१ थारु कल्याणकारिणी सभा बाँकेले आउने साउन ३२ गते शुक्रबार नेपालगन्जमा ११ औं अधिबेशन गर्न लागेको छ । अधिबेशनका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय उपसभापति देबीलाल चौधरीले उद्घाटन गर्ने थकसा बाँकेका सभापति बिनोद थारुले बताए । सभा बाँकेको गत साउन १९ गते बसेको कार्यसमितिको बैठकले जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो […]

रौतहट । माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि […]

बीबीसी न्यूज- रुपन्देहीमा एक पशुपालन समूहसँग दुई करोड रुपियाँको सम्झौता भएकोमा गोठ, आहार भण्डार र मेसिनरी तथा ५८ वटा भैँसीको लागि समूहले ८८ लाख रुपियाँ सरकारबाट लियो। महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७९ सालको भदौमा अनुगमन गर्दा त मुर्रा भैँसी पाँच वटा मात्रै भेटिए। कपिलवस्तुमा एक किसानले छ लाख रुपियाँ कृषि अनुदान लिए। तर लुम्बिनी प्रदेशको कृषि, […]

  काठमाडौं, २८ साउन। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो ।   बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल […]