समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरणनेपालगन्जमा आज घोषणा गरि वितरण गरिने भएकोछ । बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका एक जनालाई नाईस अवार्ड २०२४ मार्फत नगद १० हजार सहित अवार्ड प्रदान गरिन लागेको हो । नाईस अवार्ड २०२४ का लागि यस अघि […]
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक हासिल […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक […]
रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी सहित तीन जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् । कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ । बोर्डले प्राविधिक त्रुटी वा […]
बाँके, साउन १८ गते । खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु शाहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । इन्जिनियर शाहले भन्नुभयो, “साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।” […]
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका -२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा […]
बर्दिया — बर्दिया बढैयाताल गाउँपालिका–३ भोलागौढी चोकनजिक आउँदै गरेको मोटरसाइकल सवार दुई जनालाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका अनुसार भे ६ प ७०५ नम्बरको मोटरसाइकलमा दुई जनालाई चेक गर्दा बासगढी नगरपालिका–६ दमौलीका २० वर्षीय मनीष शाहको चप्पलमा लुकाएर राखेको उक्त पदार्थ फेला परेको हो । मोटरसाइकलमा सवार सोही ठाउँका […]











