बाँके/ रासस । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगन्जमा स्थानीय किसानको कृषि उपजले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् । भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री […]

  काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ। बिहीबार बिहान करिब ७ बजे प्रहरीको टोली जनआस्था कार्यालय पुगेर कार्यालयमा रहेका कागजपत्र तथा विभिन्न कम्प्युटर र इलेक्ट्रोनिक उपकरण संकलन गरेको जनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा […]

रोल्पा /रासस— अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ […]

  काठमाडौँ — जनआस्था साप्ताहिका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनको पक्राउ बारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । […]

  काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त प्रगति, ढिलासुस्ती र निर्माणमा देखिएका समस्या समाधान गर्न विभागले भौतिक तथा आर्थिक प्रगतिको नियमित अनुगमन र समन्वय गर्ने विशेष संयन्त्र बनाएको छ। समस्या समाधान प्रणाली: आयोजनाको समस्या पहिचान गर्ने, जिम्मेवार निकाय र समयसीमा निर्धारण गर्ने तथा त्यसको निरन्तर फलोअप (Follow-up) गर्ने नतिजामुखी प्रणाली विकास गरिनेछ। ऊर्जामन्त्रीको बैठक आह्वान: […]

बीबीसी- सोमवार गएको शक्तिशाली भूकम्पपछि कोलम्बियामा उद्धारकर्मीहरू भवन र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारमा जुटेका छन्। अहिलेसम्म १८० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश काली र पेरेरा सहरका छन्। सोमवार बिहान ७:३४ बजे सान होसे डेल पाल्मारलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निट्यूडको भूकम्प आएको थियो। भूकम्पको धक्का सयौँ माइल टाढाका छिमेकी देशहरू भेनेजुएला, […]

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा हिजो दिउँसो बेपता भएका मध्ये दुई बालवालिकाको शब फेला परेको छ । एक जना बालिका अझै बेपत्ता छन् । डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको हो । हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम […]

  नारायणगढ । पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–२८, जितपुरका ६१ वर्षीय मगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। स्थानीयका अनुसार उनी वनमा घाँस काट्न गएदेखि सम्पर्कविहीन थिए। निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार सामुदायिक वनमा शव फेला परे पनि नजिकै बाघ बसिरहेकाले तत्काल नियन्त्रणमा लिन समस्या भएको छ। अहिले […]

काठमाडौँ । केही दिनअघि सुनसरी र सिराहामा भएको झडपका क्रममा मृत्यु भएका चार जना जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गृह […]

बर्दिया । जबरजस्ती करणी गरेको अभियोग बर्दियामा एक र पाल्पामा दुई जना गरी तीन जना त्रफाउ परेका छन् । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विक पक्राउ गरेको हुन । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]