काठमाडौँ । नेपालमा कम्तीमा सयभन्दा बढी हिमताल फुट्ने उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। बढ्दो विश्वव्यापी तापक्रमका कारण हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएसँगै हिमतालको जोखिम बढेको हो। वैज्ञानिक डा. नितेश खड्काका अनुसार नेपालतर्फ रहेका दुई हजार तीन सयभन्दा बढी हिमतालमध्ये अधिकांश गेग्रान र माटोको बाँधमा बनेकाले जतिबेला पनि फुट्न सक्ने खतरा […]
काठमाडौँ । रसुवामा आएको बाढीपछि बर्दियाका करिव दुई सय सर्वसाधारण सम्र्पकमा आएका छन् । रसुवाको मैलुगमा रहेका बर्दिया बाँसग।ढी नगरपालिका वडा न ९ माछागढका टेकबहादुर थारुले आफूहरु सुरक्षित रहेको फोन सम्पर्कमा बताए । त्यस्तै बारबर्दिया ९ ढकैलाका हरिकृष्णले आफूहूले उद्दारका लागि हेलिकप्टर आएको जानकारी दिए ।
नेपालगन्ज । बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले बर्दियाका गाउँ—गाउँमा चिन्ता छाएको छ । बर्दियाबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो । केही भने परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कबिहिनहरुको संख्या थपिदै गएको छ । उनीहरुमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका […]
काठमाडौँ। विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) लेरसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र पर्यटक ५७९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बाढी तथा पहिरोमा […]
रसुवामा बुधवार बिहान आएको बाढीका कारण धनजनको ठूलो क्षति, बिहीवार बिहानसम्म कम्तीमा १६२ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनसम्म नै खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन सरकारको अनुरोध बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह विपद्का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह क्षतिबारे […]
रसुवा । रसुवा जिल्लामा बुधबार बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्याएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै वटा घरहरू बगाएको छ । ‘क्षतिको यकिन विवरण आएको छैन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकोमा हालसम्म ८ जना मात्र […]
काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा नियमावलीबमोजिम पहिलो पटक बुधबार संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संवैधानिक तथा नियमावली व्यवस्था: प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर पद सम्हालेयता उनले जेठ, असार र साउनमा यसरी जवाफ दिएका थिएनन्। सभामुखको रुलिङ: १ भदौको बैठकमार्फत […]
भारतबाट आयात हुने एलपी ग्यासको लोड वितरणमा गम्भीर प्रश्न चिन्ह उठेको छ । नेपाल आयल निगमले पश्चिम नेपालमा सञ्चालित ग्यास उद्योगको पहुँच र पावरका आधारमा ग्याँस उपलब्ध गराएको हो कि भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ।भारतमा लोड भएको २५ तारिखसम्मको रिपोर्ट विवरण अनुसार अगस्टमा महिनामा प्राप्त र पाउनुपर्ने बुलेटमा व्यापक फरक देखिएको छ। गत जुलाईमा […]
काठमाडौं- काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा […]
दांग – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो। गठबन्धन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसमा दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्री, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य […]












