नेपालगन्ज — बाँकेको कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवको तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरे । २०५९ पुस २३ को राति ८ बजेतिर घरबाटै अपहरणमा परेका जोगीलालको शव तीन दिनपछि राप्ती नदीमा भेटिएको थियो । २०६० साउन १७ मा जोगीलालका छोरा माधवको पनि अपहरण गरेर भोलिपल्ट हत्या गरियो । बुबाको हत्या गरेकै ठाउँमा छोराको पनि ज्यान […]
धनगढी —कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन बजेपछि निर्विरोध भएको घोषणा गर्ने जनाएको छ […]
काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा सतसतै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा […]
धनगढी- बझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ । सुर्मा गाउँपालिका–१, नउलाकी एक वर्षीया बालिका गीता साउँदको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ । ‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेनी […]
बुटवल/रासस । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या […]
बर्दिया । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर […]
बीबीसी- प्रहरीले केही दिनअघि काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने एक युवालाई अनौठो प्रकारको ठगीको आरोपमा पक्राउ गर्यो। तनहुँ जिल्लाको आँबुखैरेनी स्थायी ठेगाना भएका उनले सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरेर केही युवतीहरूबाट झन्डै २८ लाख रुपैयाँ ठगेका थिए। प्रहरीका अनुसार उनले कसैलाई आफू फ्रान्स र कसैलाई सिङ्गापुरको लाहुरेका रूपमा चिनाउने गर्थे। त्यसका लागि ती […]
काठमाडौं। साईबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा […]
बर्दिया— लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णु देवकोटा, माओवादीबाट शेरबहादुर थारु, राप्रपाबाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल चौधरीले उम्मेदवारी दर्ता गराएका हुन । यसअघि भएको […]
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक -दुई […]











