बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी […]

  बुटवल । माघ २१ गते प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

सर्लाही। भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ । […]

बाँके /गोरखापत्र । नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात ब्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो । यो प्रर्णालीबाट सवारी दर्ता, […]

  बर्दिया — लागूऔषध लिएर बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनी पक्राउ परेका हुन् । पक्राउ परेका तिरुवाबाट ५ सय २० मिलीग्राम लागूऔषध […]

हाल मौसमको अवस्था (Present Weather Status): सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा , कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा […]

बिजुवार । प्युठानको जुम्रीमा स्थित होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको छ । बुधबार बिहान ७ बजे बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जीवित शिशुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र […]

बाजुरा/ रासस। जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप […]

  खजुरा,। नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आउनुभएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आउनुभएको हो । बुद्धिरामले गत दुई महिनादेखि सल्यानबाट सिस्नो नेपालगन्ज […]

बीबीसी । नेपालमा सरकारले हालसम्म १४,२४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ। शहीदको सङ्ख्या धेरै भएको टिप्पणी भइरहँदा गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले ज्यान गुमाउने व्यक्तिहरूको ‘योगदानलाई सङ्ख्यामा जोडेर हेर्न नहुने’ बताएका छन्। “उहाँहरू सबैलाई राज्यले एउटा निश्चित मापदण्डकै आधारमा शहीद घोषणा गरेको हो,” भट्टराई भन्छन्। “परिवारमा धेरै सदस्य भए भनेर कसैप्रतिको माया जसरी […]