सेतोपाटी/ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने डिएसपी रञ्जन अवाले जानकारी दिए। ‘अदालतमा आजै उपस्थित गराएर म्याद थप गर्छौं र अनुसन्धान सुरू गर्छौं,’ उनले सेतोपाटीसँग भने। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ […]
बर्दिया/ईकान्तिपुर — बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम ठेकेदार कम्पनीले रोकेका छन् । बजेट नभएको जानकारी पाएपछि उधारोमा काम गर्न ठेकेदार कम्पनीले नमानेका कारण उच्च जोखिम मानिएको गुलरियाको पशुहाट,वालापुर,थपुवा र गौरी क्षेत्रको काम रोकिएको छ । बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम रोकिएपछि यसले बबई कटानको उच्च जोखिममा रहेको […]
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिएको अनलाईन खबरले समाचार प्रकाशन गरेको छ ।
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ६ स्थित सकिना खानको घर भत्काइएको भन्दै सुरु भएको आन्दोलन सहमतिपछि टुंगिएको छ । बढैयाताल गाउँपाकिाका जनप्रतिनिधि, भूािथस्म अधिकार मन्चका पदाधिकारी र राजनीस्तिक दलका स्थानीय नेताहरुबीच भएको छलफलमा भएको सहमतिपछि आन्दोलन टुंगिएको हो । सकिना खानको घर भत्काउनुमा पालिका प्रमुखले आत्माआलोचना गरी घर निमार्णका लागि सहयोग गर्ने, अस्थायी […]
नेपालगन्ज, जेठ ८ गते । सोमबार साँझ आएको भिषाण हावाहुरीले बाँके र बर्दियामा क्षति पुगेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ मा एउटा घरको टिनको छानो उडाएको छ । बिद्युतका पोलहरु ढलेपछि बर्दियाका पुर्बी क्षेत्रमा सोमबार साँझदेखि बिद्युत अवरुद्ध भ।एको छ । रेडक्रस बढैयाताल गाउँपालिका सदस्य जोखन चौधरीले हावाहुरीका कारण क्षति भएको […]
नेपालगन्ज, जेठ ७ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ । दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरू बढ्दै गएपछि रेबिजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको सङ्ख्या घटाउन नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा […]
रासस/ काठमाडौँ — बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित […]
काठमाडौँ/ईकान्तिपुर — हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै […]
खजुरा, जेठ ७ गते । बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा […]












