नेपालगन्ज । यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ । लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्यउने कामसमेत गर्दै आएको पाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका […]
नेपालगन्ज । बांके प्रहरिले दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित सुर्खेत का २८ बर्षिय चन्द्र बहादुर कार्की पक्राउ परेका छन । उनलाई नेपालगन्ज बसपार्क स्थित होटेल माहाबु बाट आज १.३० मा प्रहरी निरीक्षक सुजन बिक्रम शाह को कमान्डमा छालासहित पक्राउ गरेको हो ।
खजरा । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् । गत वर्षको तुलनामा यो वर्ष सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका हुन् । स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिने सेवाग्राही बढेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा सामाजिक […]
नेपालगन्ज। उद्योगी व्यवसायीको व्यापक दबाब र विरोधपछि गुणस्तर प्रमाण चिन्हका नाममा भारतले प्लाइउडको निर्यातमा उत्पन्न गरेको अवरोध तत्कालका लागि हटेको छ । भारत सरकारले प्लाइउड निर्यात सम्बन्धी गुणस्तर प्रमाण चिन्हको नयाँ व्यवस्था कार्यान्वयन गर्ने म्याद सन् २०२५ सम्म सारेकोले हाल एक वर्षका लागि सो समस्या समाधान भएको स्थानीय प्लाइउड उद्योगीले जनाएका छन् । प्लाइउड उत्पादक […]
राँझा (बाँके), । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो । “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “समयमै बजेट व्यवस्थापन […]
बुटवल । २०७४ सालदेखि सङ्घीय सरकारको मातहतमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा हालसम्म सरकारले आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृति गरेको छैन । दरबन्दी स्वीकृति नगर्दा अस्पताल अहिले करार र काजका कर्मचारीको भरमा छ । सरकारले ६ वर्षसम्म पनि दरबन्दी स्वीकृत नगर्दा करार र ज्यालादारी कर्मचारी राखेर काम गराउनु परेको अस्पताल प्रशासनको […]
बाँके, बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा […]
बुटवल/रातोपाटी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् । ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका […]
खजुरा । नेपाल प्रहरीको नेपाल प्रहरी अस्ताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न एकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रहरी दिवस २०८० को अवसर पारेर सोमवार नेपालगन्जमा बाँकेका विभिन्न एकाइमा कार्यरत १ सय ४३ जना पुरुष तथा महिला प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका […]
काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका बडीगार्ड भन्ने झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । प्रहरीले उनको साथबाट […]












