धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भई अबरुद्ध भएको कर्णालीको चिसापानी पुल मर्मत सम्हारपछि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । गत २८ गते विरगन्ज्बाट लाइटर बोकेको ट्रक महेन्द्रनगरतर्फ जाँदै गरेको अवस्थामा एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलको तारमा सल्किएपछि क्षति भएको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले […]

कपिलवस्तु। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारीसपछि प्रहरीले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले महरालाई काठमाडौँ लग्ने तयारी गरिरहेको जनाएको छ । महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे […]

  राँझा (बाँके)/रासस । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बयालिस हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् । २०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस खरिद गरिएको थियो । तीनमध्ये चारवटा बस हाल पनि सञ्चालनमा रहे पनि तीनवटा बस भने […]

  नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको छ । उनी राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट पैदल हिडेर कोहलपुर आउँदै गर्दा आज बिहान साढे ५ बजे आक्रमणमा परेका थिए । बाघले खाएको अवस्थाको शव कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ […]

  रासस/ राँझा । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर […]

काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिए डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादीका […]

काठमाडौं । सरकारले आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको छ । नेपाल आयल निगमले  दिएको जानकारी अनुसार भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, […]

बर्दिया, चैत २ शुक्रबार बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना […]

  नेपालगन्ज । पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगन्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने विभिन्न गल्लीभित्र पुराना बस्ती छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन विभिन्न प्रकारका पूर्वतयारी गरिएको नेपाल रेडक्रस […]