कोहलपुर। रुकुमको पिपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले कुष्ठरोगको नियमित उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नु परेको गुनासो उहाँले सुनाउनुभयो । रोगको पीडा सहन नसकेपछि उपचार गर्न रुकुम सदरमुकाम आइपुगेकी दाहाल थप उपचारका लागि बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा रहेको साइनिङ अस्पतालमा पुग्नुभएको छ । कुष्ठरोग लागेको थाहा पाएपछि […]

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो । […]

  सिरहा/  २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]

रासस।मध्यविन्दु (नवलपरासी) । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए । मगर स्थापना […]

  नेपालगन्ज । लागुऔषध सेवन र विक्रीविरुद्ध कडा रुपमा उत्रे्को प्रहरीले बाँके र बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका –१३ बाट १ ग्राम ८ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित नेपालगन्ज उदयपुर बस्ने २० […]

  बाँके । नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो । आइतबार साँझ पहिलो दिन अनुगमन गरी आधा दर्जन व्यावसायिक फर्म, बैङ्क र पसललाई जरिवाना गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी […]

    घोराही । लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको […]

प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी एफ. सि  क्लबले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध ६ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी […]

  गोरखापत्र अनलाइ/ नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ। आयुर्वेद औषधीको कुनै पनि साइड इफेक्ट नभएको र सो उपचार पद्धतीबाट रोगलाई जरैबाट समाप्त गर्न सकिने हुँदा बिरामीको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्र बाँकेका सूचना अधिकारी सिताराम चौधरीेले […]

  वीरेन्द्रनगर —सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको […]