नेपालगन्ज /ईकान्तिपुर ।— बाँकेमा बुधबार राति आएको भीषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युत्‌का पोल ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोल ढलेका छन् । बुधबार रातिबाटै नेपालगन्ज र आसपासका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका […]

गुलरिया — ईलाका प्रहरी कार्यालय मैनापोखर र इलाका प्रहरी कार्यालय बानियाभारले दुई दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका २ फुटाहबाट ठुलो डाँफेका ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापालाई नियन्त्रणमा लिएको हो । उनीहरुले कुखुराको दानामा लुकाएको […]

  बुटवल । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ । अनलाईन खबरका अनुसार चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले […]

  कलैया, २८ चैत । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ। बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।   आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। […]

जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने समेतको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिई गएको टोलीले आज मिति २०८१।१२।२७ गते यातायात व्यवस्था कार्यालय […]

  काठमाडौं, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।   दिउँसाे हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार  पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी […]

नेपालगन्ज । पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ । सो क्रममा सबैभन्दा पहिले सो सुधारगृहको अवस्था बुझ्ने र त्यहाँ रहेका बालबन्दी, सुरक्षाकर्मी र व्यवस्थापन पक्षसँग सुधारका लागि सुझाव सल्लाह लिने कार्य सुरु […]

  जाजरकोट  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।   मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।   तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडी […]

काठमाडौं-  काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ […]