नेपालगञ्ज/रासस । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । “पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला […]
धनगढी/ईकान्तिपुर—कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् । उनका […]
लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्। अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि […]
काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई हत्या गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् । मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल […]
नेपालगन्ज । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । सयौँ रिक्साहरु कार्यालयको मूलगेट तथा सडकमा रिक्सा तेर्साएर चाकहरुले विभिन्न नारा लगाउँदै उपमहानगर कार्यालय घेराउ गरेका हुन् । ब्याट्री रिक्साको नवीकरण सधैंका लागि खोल्नुपर्ने, नामसारी गर्न पाउनुपर्ने र नेपाल–भारत नाकामा पार्किंङको नाममा भइरहेको अवैध असुली तत्काल […]
नेपालगन्ज। जमिनमुनि धेरै सुन देखिएको र त्यसलाई निकाल्न भन्दै पटक–पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुषप्रसाद जोशीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने अनुमान गरिएको छ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने […]
पोखरा/ईकान्तिपुर — जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भु-भाग सामान्यतया सफा रहेको छ। दिउसो कोशी, बाग्मती, कर्णाली र सुदुरपश्चिमका हिमाली […]
घोराही/ रासस । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छिन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही–१२ निवासी […]












