काठमाडौँ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीबाट रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भोलिपल्ट शुक्रबार बसेको नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्ति प्रकरणले बढाएको असमझदारीले रामेश्वरले मन्त्री पद गुुमाएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रदेश […]
बर्दिया । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली […]
संखुवासभा /ईकान्तिपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले […]
बर्दिया —जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट गाँजा बरामद भएको छ। प्रहरीको कडा निगरानीबीच कारागार भित्रै गाँजा कसरी कैदीको विस्तारामा पुग्यो भन्दै प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ । हालै सरुवा भई आएका जिल्ला कारागारका प्रमुख मानबहादुर सारुले कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट ५ ग्राम गाँजा फेला पारेको बताए। ‘गाँजा आफैँ […]
काठमाडौ । जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न गएको प्रहरीको गाडीमा तोडफोड गरिएको छ । अध्यक्ष यादवलाई पक्राउ गर्न खटिएका प्रहरी नायब उपरीक्षक सरोज राई सवार गाडीमा तोडफोड भएको हो । सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई ‘कमिसन लिन आएको’ भन्ने आरोप लगाउँदै धम्की दिएपछि अध्यक्ष यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर […]
२०८२ आषाढ २१ गते (शनिबार) आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, […]
बर्दिया- बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ पडरीया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त […]
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएकी छन् । अध्यक्ष श्रेष्ठले गठबन्धनमै रहे पनि छलफल नै नगरी सुदूरपश्चिममा हाम्रो […]
जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत […]











