काठमाडौं, २४ बैशाख । कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन […]
काठमाडौँ —पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले […]
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्। । मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको […]
काठमाडौँ/ईकान्तिपुर — प्रतिनिधिसभाको मंगलबारको बैठक सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले केहीबेर अवरुद्ध गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ मा पक्राउ गरिएको विषयमा छानबिन माग गर्दै दुवै पार्टीले प्रतिनिधिसभा बैठकको कामकारबाही अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेलाई सरकारका नाममा रुलिङको माग गर्दै दुवै पार्टीले सदन अवरुद्ध गरेका […]
बुटवल/ईकान्तिपुर — लुम्बिनी प्रदेश सरकारले प्रदेशका १४ वटै अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको छ । सरकारको वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी सरकारले यसअघि २०८० कात्तिक ७ गते दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा […]
बर्दिया । भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० ओटा गैँडा भारत तर्फ गएका हुन् । भारतीय पक्षले नेपालका […]
सुर्खेत । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या […]
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी […]
रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ । करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो । सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्ने […]
झापा, २२ बैशाख। लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ। कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो। बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए। मोटरसाइकलबाट प्रहरीले २०० […]












