२०८२ कार्तिक २० गते (बिहीबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । […]
नेपालगन्ज, १९ कार्तिक २०८२ बाँकेको राप्ती सोनारीको सम्शेरगन्जमा दोस्रो पटक १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिम संञ्चालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटरमा संञ्चालन भैरहेको तालिमको बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गर्नुभएको छ । उद्घाट्न सत्रमा बोल्दै थारुले बिपद् व्यवस्थापनका लागि बिभिन्न […]
बबई (बर्दिया) । भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा क्रियाशील संस्था माइती नेपालका अनुसार चालु आर्थिक […]
बर्दिया —बर्दियाको बढैयाताल सिमाको भारतिय सीमावर्ती लौकाही हुँदै आएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का दुई युवा लागुऔषध ब्राउन सुगर सहित बर्दिया प्रहरीले पक्राउ गरेको छ । गुलरिया नपा–११ गणेशपुर नाका हुँदै भे८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार रुकुमपश्चिम मुसिकोट–५ का २३ वर्षीय विकास परियार र सोही ठाउँका २३ वर्षीय विनोद कठायतलाई चेकजाँच गर्दा ४ […]
बर्दिया /ईकान्तिपुर—स्वदेशी तथा विदेशी चिकित्सक तथा प्राविधिक टोलीद्वारा हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा रहेका हात्तीको स्वास्थ्य परीक्षण मंगलबारदेखि सुरु भएको हो । उक्त हात्ती स्वास्थ्य शिविर बर्दियामा बुधबारसम्म चल्नेछ । हात्तीको स्वास्थ्य चेकजाँच तथा नङ काट्ने कार्यमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) […]
बुधबार दिउँसोः देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम […]
बर्दिया —औराही खोलामा डुबेर ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार मृत्यु भएको छ। वडाध्यक्ष कमलबहादुर विष्टका अनुसार साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा १ बजे बालक बेपत्ता भएका । घटनास्थल नजिकै बेपत्ता बालकको शव फेला परेको थियो।
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैशामा खरिद गर्ने गरि […]
राँझा (बाँके) । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो । नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती […]
घोराही । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । हुलाकी सडक आयोजना नेपालगन्जले ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक २०७६ कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभी काठमाडौँसँग ६५ […]












