नवलपरासी —पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार  खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध भएको थियो । सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो । बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । […]

  काठमाडौ । राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा गरेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आरोपितमाथिको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको […]

  काठमाडौं, १० बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।     जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली […]

बबई (बर्दिया), जेठ ९ गते । गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ मा मामाघर आएकी नौ वर्षीय बालिका मेलिना खड्काको सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणमा परी मृत्यु भयो । साथीसँगै घाँसदाउरा गर्न सर्जु सामुदायिक वन पुगेकी मेलिनाको मृत्युसँगै बर्दियामा विगत पाँच वर्षमा मानव–वन्यजन्तु द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वन […]

दार्चुला — राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बैतडी जिल्लाको सदरमुकाम गोठालापानी नजिकको गढीलाई केन्द्रबिन्दु बनाएर बिहानै १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको छ । त्यसपछि राति २ बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प पनि गएको केन्द्रले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सदरमुकाम […]

काठमाडौं – होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी […]

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का […]

एजेन्सी/नयाँ दिल्ली । अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार […]

बर्दिया,बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोभे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध […]

बुटवल । लुम्बिनी लुम्बिनी प्रदेशका १३ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् । विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।   हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि […]