मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको […]

नेपालगञ्ज । बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनले कोहलपुर– ७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, […]

  नेपालगन्ज। नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो […]

काठमाडौं- सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) […]

काठमाडौँ —आज इस्लाम धर्मावलम्बले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । रासस । […]

  काठमाडौं – राप्रपा महामन्त्री धवलशमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्। राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न […]

नेपालगन्ज, १७ चैत, २०८१ नेपालगन्जमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि स्थानीय बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजना अर्न्तगत शिक्षा क्षेत्रको बैठक सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाको अध्यक्षतामा बंठक सम्पन्न भएको छ । बैठकमा सरोकारवालाहरु बिपद्का बेलामा पनि शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने बिषयमा जोड दिएका […]

काठमाडौँ । राजाबादीको प्रर्दशनमा धनजनको क्षति गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहितहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ । शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउनका लागि लगिएको हो । त्यसपछि उनीहरूलाई प्रहरीले उनीहरूलाई जिल्ला अदालत […]

  बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रमा अतिक्रमित घर हटाएर औद्योगिक क्षेत्रभित्र सडक निर्माण गरिएको छ। तारजाली पनि लगाउन सुरु गरिएको औद्योगिक क्षेत्र बाँके नौवस्ताका व्यवस्थापक प्रदीप पराजुलीले बताए। तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ गते नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। तर अझै पूर्ण निर्माण भएको अवस्था […]

  धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणमा आउन नसकेपछि वनकर्मी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण र सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका छन् । बाघले शुक्रवार राति हरिप्रसाद चौधरीको बाच्छोलाई मारेको थियो । बाघ सिनो खान पुनः आएको बेला नियन्त्रणको प्रयास गर्ने टोलीको […]