बाँके/ रासस- रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै […]
वर्ष २०८१ सालको नवरात्रिमा अष्टमी र नवमी एकै दिन परेको संयोग छ । महाअष्टमी नवरात्रिका ९ देवीहरू आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान […]
सुर्खेत । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो । गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । […]
ज्यो.पण्डित नारायण प्रसाद दुलाल नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ । […]
जलेश्वर (महोत्तरी)। महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो । परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष बुधबार बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो । बडादसैँको सप्तमीदेखि […]
नवरात्रको सातौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ । वहाँको स्वरूप डरलाग्दो रहेको छ, शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोला गोला […]
काठमाडौँ, असोज २३ गते । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा […]
बिबिसि – काठमाण्डूको एक निजी कलेजमा काम गर्ने स्याङ्जाका दिलीप पाण्डे राजधानी बस्न थालेको १६ वर्ष भयो। यसबीचमा उनी एक वर्ष मात्रै दशैँमा घर गएनन्।
धनगढी /बीबीसी- भारतको महाराष्ट्रबाट दशैँ मनाउन घर फर्किएका सुर्खेतको बाबियाचौरका मदन गुरुङले आफ्ना साथीहरूसहित आफू शुक्रवार गौरीफन्टा नाकामै लुटिएको बताए। उनले भने, ‘‘गौरीफन्टामा ओर्लिएर आउँदै गर्दा सिसा लगाएको बक्सजस्तो घर भित्रबाट हामीलाई बोलायो। प्रतिव्यक्ति १०० भारु मागे। हामीले प्रतिवाद गर्यौँ।” “चोरी गरी ल्याएको पैसा हो र! पसिनाको कमाइ हो भन्यौँ। त्यसपछि धम्काउँदै हामीलाई ब्याग खोल् […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् । अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख […]












