बर्दिया- बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा […]

  बर्दिया — बालापुर र गुलरियाका दुई बालिकाको ज्यान लिने चितुवालाई एक सातापछि नियन्त्रणमा लिइएको छ । उत्तक्षेत्रमा राखिएको केजमा राखिएको बाख्रा खान खोज्दा चितुवा नियन्त्रणमा आएको हो । पछिल्लो पल्ट गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका […]

काठमाडौं/ रासस । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो । यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु […]

  काठमाडौं, २१ जेठ । हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा […]

बर्दिया — सोमबारदेखि सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण बिचल्लीमा परेका छन् । काम विशेषले बाहिर निस्केका यात्रु बीचबाटोमा अलपत्र परेका हुन् ।   सार्वजनिक सवारीसधान बन्दले सुनसान बनेको गुलरिया बसपार्कमा मंगलबार बिहानदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहराका दुई युवती गाडी पर्खिरहेका थिए । गुलरियादेखि धनगढी १ सय किलोमिटरको दुरीमा छ । उनीहरु आफ्नी दिदीको घरमा (भारतको […]

  बर्दिया । धेरै भएको छैन, अधियामा जग्ग्गा जोत्न पाउनैका लागि छोरीलाई कम्लरी पठाउने चलन थियो । किसानबीच बटैयामा (अधिया) खेत जोत्न तछाडमछाड हुन्थ्यो । जग्गाधनिलाई खुसी पार्न उनीहरुले घरमै पालेको मुर्गा (लोकल कुखुरा) खुवाउँथे । जग्गाधनिको सक्ने जति राम्रै गरी सेवा गर्थे । चाडपर्वमा निम्तो गर्थे । माछामासुसंगै खानपीनले सत्कार गर्थे । जग्गाधनिको भागको […]

  बबई (बर्दिया), जेठ २० गते । यहाँका स्थानीय तहमा पछिल्ला दिनमा सडकको बिच भागमै ‘हाइमास्ट’ बत्ती जडान गर्ने काममा प्रतिस्पर्धा जस्तै देखिएको छ । उज्यालोका लागि यो बत्ती राम्रो मानिए सडकको बिचमा जडान गर्दा यसले दुर्घटनाको जोखिम भने बढाएको छ । विशेष गरी तराईका विभिन्न जिल्लामा उज्यालो दिने नाउँमा सरोकारवाला निकायसँगको समन्वयबिना नै देखासिकी गरेर स्थानीय […]

काठमाडौँ, जेठ २० गते । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध […]

लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन […]

बर्दिया-  बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]