बर्दिया —अवैध रूपमा भारत लैजाने क्रममा  बर्दिया प्रहरीले  १० क्विन्टल सुगन्ध कोकिला जडिबुटी बरामद गरेको छ । गस्ती गर्ने क्रममा उक्त जडीबुटी बरामद गरेको हो । प्रहरीका अनुसार  उक्त जडीबुटी करिब ५ लाख मूल्य रहेको छ । फुटाहा हुँदै भारतीय सिमावर्ती बजार बलैगाउँतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

  काठमाडौँ । कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार बिहान ४ बजे ११ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  काठमाडौं – तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन। इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए। इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, […]

  औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ। – प्रकाश रेग्मी गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल […]

जाजरकोट। जाजरकोट कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायको घरमा आगलागी हुँदा १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट आगो लागेको थियो । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा क्षति भएको छ । घरमा आगलागी भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको […]

    लुम्बिनी/रासस— विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका […]

  काठमाडौं । पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ ।  विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् । […]

गुलरिया (बर्दिया) । बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् । नदी […]

गुलरिया (बर्दिया)। बर्दियाको मधुवन नगरपालिका–७ का युवा वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउनका लागि रातभर गस्ती गर्न थालेका छन् । एक हप्ताको फरकमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि उनीहरू रातभर गस्ती गर्न थालेका हुन् । भारतीय सीमावर्ती क्षेत्रमा रहेको वडा नं. ७ का विभिन्न गाउँका करिब ३० जना युवा र सुरक्षाकर्मीको टोली रातभर गस्ती गरिरहेको छ । गाउँमा भएका […]

बाँके। चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ । यो पुल निर्माण व्यवसायीको ढिलाइ र प्राविधिक कारणले लामो समय निर्माण कार्य रोकिएर […]