काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना खाँदै थिए । जिप चालक विष्ट घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा उनको ढाडमा गोली दागियो । शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी आएको थियो । गोली प्रहारको सूचना आएपछि खाल्चे प्रहरी चौकीबाट सईको […]

  काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी […]

  माेहम्मद हबिब भैरहवा, १८ फागुन । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ । रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि […]

भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो । रातीको बेला उन्को शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर […]

नेपालगन्ज —बाँकेमा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवनलाई प्रभावकारी बनाउन रातिमा औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधि सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधि […]

  बर्दिया —ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईक चालक मख्खुराम थारु गम्भीर घाइते भएका छन्। बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा भे १ स ८६३२ नम्बरको अटोले ठ्क्कर दिएको थियो […]

बर्दिया —प्रहरीले १ लाख ८४ हजार नगदसहित बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलबाट जुवा खेलेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।  

काठमाडौं – पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा […]

  काठमाडौं, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।     जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको […]

  काठमाडौं  । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।