बाँके । खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका २ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई कात्तिक १९ गते राति खेतमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे […]
नेपालगन्ज/ रासस- नेपालगन्ज उपमहानगरपालिका डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ”, उनले […]
बाँके। सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान […]
बर्दिया- देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। दिउँसोː कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश […]
वासिङ्टन डिसी (अमेरिका), रासस- विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात मंगलबार हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प […]
हुम्ला/ रासस – हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ […]
बर्दिया- देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । सोमबार दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]
खजुरा/रासस। बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए । उनका अनुसार ४० हजार क्विन्टल धान […]
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज ६ डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता) को मृत्यु भएको छ । दुर्घटनामा परि नेपालगन्ज ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छ्न । घाइते शेखको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारपछि थप उपचारका लागी […]
इनरुवा (सुनसरी), कात्तिक १९ गते । तराई मधेश क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दु […]












