धनगढी । कैलाली कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । कैलालीका प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।
कालीकोट, वैशाख ३० गते । सुन्दा कसैलाई अचम्म लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैन । बढ्दो बेरोजगारीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन् । गत बिहीबार जिल्लाको रास्कोट नगरपालिका– ६ का धोचे दर्जिको ६५ वर्षीया श्रीमती नौरता दर्जीको निधन भयो […]
चितवन — भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् । चनाैली बजारदेखि दक्षिण अमृतचाेकका विद्यार्थी लिन गइरहेकाे बा प्र ०६-००१ क […]
दाङ —घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् । अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया […]
नेपालगन्ज, वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो । मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको […]
नेपालगन्ज, वैशाख २९ गते । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेको र तीमध्ये आठ जना अलि बढी बिरामी भएकोले उनीहरू सबैको उपचार […]
नेपालगन्ज । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनको सुरक्षा मध्यनजर गरि शुक्रबार साँझदेखि तीन दिनका लागि नेपाल–भारत जमुनाहा सिमाना बन्द गरिएको छ । शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि सिमानाका बन्द गरिएको हो। शुक्रबार रातीबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला […]
काठमाडौँ । बर्दियामा आज पानी परेको छ । हावाहुरीपछि पानि परेको हो । पानी परेपछि गर्मिमा राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]
बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट २८ वर्षीय विकास पुनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पुनसंग ६ सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखिएको छ ।
बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ६ मैनापोखरकी सकिना खानको निमार्ण हुँदै गरेको घरमा पालिका प्रमुख हिमालय त्रिपाठी र वडाध्यक्ष शुक्र सापकोटाले डोजर लगाएर भत्काएको घटनाको स्थलगत प्रतिबेदन पालिकास्थित राजनीतिक दलहरुले शुक्रबार बुुझाएका छन् । पालिकाका उपप्रमुख लक्षमी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीलाई राजनीतिक दलहरुका अगुवाहरुले प्रतिबेन बुझाएका हुन । स्थलगत प्रतिबेदन […]












