२०८१ असार ११ गते (मंगलबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]

नेपालगन्ज । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो । तर आगामी आर्थिक २०८१/०८२ का लागि एक […]

बीबीसी- तपाईँलाई थाहा छ तपाईँले कति थरी कर तिरिरहनु भएको छ?  यो आर्थिक वर्षको वैशाखसम्ममा सरकारले साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन गरेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाउँछ। त्यसमा मुख्यतया मूल्य अभिवृद्धि कर, आय कर र भन्सार रहे पनि अन्य कैयन् विविध शीर्षकहरूमा कर एवं शुल्कहरू उठाइएको छ। थरीथरी सरकार थरीथरी कर सङ्घीय सरकारले मात्र करिब […]

  गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको छ। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए ।

आदरणी न्यायप्रेमीहरु, आन्दोलनकारी साथीहरु तथा पत्रकार मित्रहरु नमस्कार ! आमरण अनसनको आज १७ औं दिन भईसक्यो तर सरकारले हाम्रा जायज मांगप्रति निरन्तर बेवास्ता गर्दै आईरहेको यंहाहरुलाई थाह भएको कुरा हो । आज डाक्टरले चेकअप गर्ने क्रममा भन्नु भयो सरकार संग छिटो कुरा गर्नुस आज १७ दिन भैसक्यो अब त स्लाईन पानी चढाउनलाई नसा पनि फेला […]

  नेपालगन्ज, असार ९ गते । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका छाना उडेका थिए । केहीका पर्खाल भत्किएर घर ढलेका थिए […]

मौसम विश्लेषण  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको […]

देउखुरी, असार ९ गते । लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा […]

काठमाडौँ, असार ९ गते । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी […]

काठमाडौँ, असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभयो । […]