काठमाडौँ, जेठ २० गते । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध […]
लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन […]
बर्दिया- बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]
काठमाडौं, १९ जेठ- बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मुम्बई, १९ जेठ । आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा […]
बर्दिया —बालिकाको ज्यान लिनेे चितुवालाई बर्दिया निकुञ्जका प्राबिधिक टोलिले फेला नपरेपछि गुलरिया नगरपालिका ५ बालापुरका स्थानीय लट्ठी, हँसिया लगायतका घरेलु हतियारसहित खोजीमा लागेका छन् । चितुवाको खोजीमा वन, प्रहरी, स्थानीय छ दिनदेखि लागेका छन । आइतबार पुन: सो क्षेत्रमा देखिए पनि नियन्त्रणमा आउन नसकेपछि बालापुरका बासिन्दा त्रसित भएका छन् । थारु सामुदायिक वनको घना […]
नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित […]
काठमाडौं, १९ जेठ । हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का […]
बर्दिया । पटकपटक सर्वसाधारणहरुको ज्यान लिने चितुवा नियन्त्रणमा लिन नकेको भन्दै स्थानीयले गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको शव पाँच दिनदेखि अस्पतालमा अलपत्र छ । स्थानीयले आतंक मचाउने चितुवा नियन्त्रणमा नआएको भन्दै शव बुझ्न ईन्कार गरेका हुन । बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ । डिभिजन वन कार्यालय, बर्दियाका अनुसार चितुवा नियन्त्रणका लागि […]
बर्दिया/रासस । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ । बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । वि.सं २०६५ मा […]











